Logo

सुचना प्रणालीमा अनधिकृत पहुँच बनाई क्षति पु¥याउने पक्राउ



काठमाडौं, २४ मंसिर । सरकारी तथा निजी सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाउने य्वा पक्राउ परेका छन् । सुचना प्रवाहका आधिकारिक विद्युतिय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच पु¥याएका नवलपरासी सुनवल घर भएका काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारीलाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी काठमाडौबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

तिवारीले निजी क्षेत्रको अनलाईन बिजनेसमा रहेको डाटाबेस ब्रिच गरी अनाधिकृत रुपमा पहुँच बनाई डाटा सार्वजनिक गरी विद्युतिय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसुर खुल्न आएको हुनाले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई मंसिर २३ गते पक्राउ गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot