Logo

नीताको टिकटकमा हरिहर मुस्कुराउँदै



काठमाडौं, ५ पुस । कलाकारबीच माया प्रेम हुनु ठुलो विषय होइन् । छिनैमै जोडिएका कलाकारका नाता छिनमा नै तोडिन्छन् । यद्यपि धेरै कलाकारहरुले प्रेम सम्बन्ध अस्विकार गरेपनि उनीहरुका क्रियाकलापबाट पनि पत्ता लगाउन सकिन्छ ।

त्यस्तै भएको छ अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी माया । उनीहरु दुवैजनाले एक अर्कालाई असल साथी भएको वर्षौ देखि बताउदै आएका छन् । तर यो जोडीबीच प्रेम सम्बन्ध भएको चर्चा बाहिर आएको छ । यसैक्रममा नीताले हरिहरसँग पहिलो पटक टिकटक बनाएर प्रेम झल्काएकी छिन् । आफ्नो टिकटक एकाउन्टमा ‘फुलबुट्टे सारी’ गीतमा हरिहरसँग टिकटक बनाएकी हुन् । टिकटकमा हरिहर मुस्कुराएका छन् । यो जोडीलाई टिकटकले थप हौसला दिएको छ ।

नीतालाई हरिहर अधिकारीले केही वर्ष अगाडी मकर राशी भएको व्यक्ति सँग मात्र विवाह गर्न सुझाएका थिए । हरिहरले विभिन्न अन्र्तवार्ताको क्रममा नीता सबैकुरामा राम्रो लाग्ने बताएका थिए ।

@neetadhungana

♬ original sound – Milan Newar

 



प्रतिक्रिया दिनुहोस्