Logo

केपी ओलीलाई यसकारण अध्यक्षबाट हटाईयो : भीम आचार्य (भिडिओसहित)



काठमाडौं, ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का प्रदेश सांसद भीम आचार्यले केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कडा आलोचना गरेका छन् । ओलीले चालेका पछिल्लो कदम प्रतिगमन भएको पनि उनको भनाई छ । आज प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीले १२ सयको केन्द्रीय कमिटी बनाउने काम गरेर गाईजात्रा गरेका पनि टिप्पणी गरे । उनले ओलीले गठन गरेको केन्द्रीय कमिटी कहिल्यैपनि मिटिङ बस्न नसक्ने ठोकुवा गरे । नेकपा आजबाट फुटेको भन्दा पनि चोईटिएको उनको भनाई छ । उनले ओलीसँग पार्टी फुटाउनको लागि आवश्यक प्रतिशत पनि नपुगेको ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot