Logo

सूर्य थापाको दाबी : चुनाव हुन्छ, प्रधानमन्त्री ओलीले लोकतन्त्रको किमार्थ हत्या गर्नुहुन्न (भिडिओसहित)



काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले लोकतन्त्रको किमार्थ हत्या नहुने जिकिर गरेका छन् । उनले ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । आज (शुक्रबार) प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले जनताको खुशियालीको लागि जीवनभरि काम गरेको जिकिर गरे । चुनाव गराउनको लागि प्रधानमन्त्री ओलीले किन संकटकाल लगाउनुपर्यो ? भन्दै उनले प्रश्नसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot