Logo

गगन थापाद्वारा खुलामञ्चमा बहसमा आउन प्रधानमन्त्री ओलीलाई चुनौती



काठमाडौं, २५ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलामञ्चमा खुल्ला बहसको चुनौती दिएका छन् । उनले बहसका लागि सुवास नेम्वाङ र अग्नि खरेल समेतलाई लिएर आउन चुनौति दिएका हुन् ।

‘कमरेड ओलीलाई चुनौती छ सुवास नेम्वाङ र अग्नि खरेल बोकेर आउनुहोस् हामी संविधान जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं । खुलामञ्चमा बहस गरौं,’ थापाले काठमाडौं ४ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भने । संविधानमा नभएको अधिकार दुरुपयोग गरी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेको थापाको तर्क थियो ।

उनले ओलीलाई जोकरको संज्ञा दिए । देशले प्रधानमन्त्री नभई जोकर पाएको भन्दै गम्भीर हुनुपर्ने बताए । ओलीको सनकले जनताको घर घरमा आगो लागेको तर्क गरे ।

थापाले नेकपाको प्रचण्ड र माधव नेपाल समूहका नेताहरुको पनि चर्को आलोचना गरे । आफूले ओलीलाई विश्राम दिनुपर्छ भन्दा नसुनेको स्मरण गराए । राष्ट्रपति विद्यादेवी भण्डारी महारानीको शैलीमा प्रस्तुत हुँदा जाँदा प्रश्न उठाएको समेत स्मरण गराए । उनले भने, ‘मैंले राष्ट्रपति विद्यादेवी भण्डारीका क्रियाकलापलाई लिएर श्री ६ बडामहारानी भन्दा कहाँ हुनुहुन्थ्यो ? संसदमा उपसभामुख छैन भन्दा कहाँ हुनुहुन्थ्यो ? न्यायाधीश नियुक्तिमा संसदीय अंकगणित प्रयोग नगरौं भन्दा कहाँ हुनुहुन्थ्यो ? तपाईको बा लाई विश्राम दिनुहोस् भन्दा कहाँ हुनुहुन्थ्यो ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot