Logo

सशस्त्रको टोलीद्वारा लागुऔषधसहित पक्राउ



सिरहा, २७ पुस । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सिरहा औरही गाउँपालिका दरैया स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरी बलको टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका २ बस्ने गौरव भण्डारी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वरियापट्टिबाट खटिएको सशस्त्रको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४ वटा, स्पास्मो ट्याब्लेट ५ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

भण्डारीलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी हरकट्टिमा बुझाएको प्रहरीले जानकारी दिएको छ । .



प्रतिक्रिया दिनुहोस्

Screenshot