Logo

ओलीले कम्युनिस्ट सिध्याउन लागेः माधव नेपाल



काठमाडौं, २७ पौष । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कम्युनिस्ट सिध्याउन लागेको आरोप लगाएका छन् । उनले ओलीलाई शितयुद्धकालिन रुसी राष्ट्रपति मिखायल गोर्वाचोभसँग तुलना गर्दै कम्युनिस्ट पार्टी सिध्याउन लागेको आरोप लगाएका हुन् ।

‘ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन लागे,’ राजधानीमा आयोजित नागरिक समाजसँगको अन्र्तक्रियामा उनले भने,‘उनी गोर्वाचोभपथमा छन् ।’ ओलीले अहिलेको राजनीतिक प्रणाली नै सिध्याउन खोजेको उनको आरोप थियो ।

नेपालले ओलीमाथि धर्मनीरपेक्ष, गणतन्त्र र संघीयतालाई सिध्यान खोजेको आरोप समेत लगाए । ओलीमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिप्रति कुनै अपनत्व नभएको समेत टिप्पणी गरे । ओलीले सत्ता र शक्तिका लागि पार्टी र राजनीतिक उपलब्धिलाई भताभुंग पारेको आरोप लगाए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot