Logo

जसपामा दुई धार



काठमाडौं, पुस २९। जनता समाजवादी पार्टी (जसपा) नेपालमा संसद् पुनस्र्थापनाको विषयमा दुुई धार देखिएको छ । जसपा नेपाल सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र कार्यसमिति अध्यक्ष उपेन्द्र यादव संसद् पुनस्र्थापनाको पक्षमा रहेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सर्वोच्च अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने पक्षमा रहेको बुुझिएको छ ।

सङ्घीय परिषद्का अध्यक्ष भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा संसद् पुनस्र्थापना मात्र एक विकल्प रहेको धारणा राखेका छन् । लोकतन्त्रको रक्षाका लागि संसद् पुनस्र्थापना नै एक विकल्प रहेको र त्यसैअनुसार सर्वोच्च अदालतले पनि निर्णय गर्ने उनको दाबी रहेको छ ।

तर सोही पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्रलालले सर्वोच्च अदालतको निर्णयलाई पनि कुर्नुु पर्ने बताए । “संसद् विघटन लोकतन्त्र विरोधी कार्य हो, यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, अदालतले कस्तो फैसला गर्छ? त्यसको आधारमा पार्टीले आगामी कदम चाल्नुपर्छ,” उनको भनाई छ।

शक्ति पृथकीकरणलाई मान्ने हो भने सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने जसपा नेपालका अर्का नेता डा सुरेन्द्र झाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot