Logo

‘ओलीको सेटिङमा अदालत फस्दैन’



काठमाडौं, पुस २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्।

नेकपा गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापना हुनबाट प्रधानमन्त्री केपी ओली मात्र होइन, दुनियाँको कुनै पनि तागतले रोक्न नसक्ने ठोकुवा गरेका हुन्।

दाहालले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले पुनस्र्थापना हुने बताए। कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, संसद् पुनस्र्थापना हुन्छ, त्यो पनि सर्वोच्च अदालतकै फैसलाबाट।’ उनले संविधानविपरीत अदालतबाट पुनस्र्थापना नभए जनताको बलबाट गर्ने चेतावनी दिए। ‘जनता नै सबैभन्दा ठूलो अदालत हो,’ उनले भने, ‘संविधानविपरीत संसद् विघटन गर्ने कुरालाई सदर गरियो भने त्योभन्दा ठूलो अदालत जनता हो, जनताले नै त्यसको फैसला गर्छन्।’

अध्यक्ष माधव नेपालले केपी ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाए। ‘कम्युनिस्ट नेतारकार्यकर्ता इमानदार हुन्छन्, कम्युनिस्टमा विचार हुन्छ, सिद्धान्त हुन्छ,’ उनले भने, ‘तर केपी ओलीमा त्यस्तो केही पनि गुण छैन।’xदाहालले आधिकारिक नेकपा आफूहरू नै भएको र सूर्य चिह्न पनि पाउनेमा आफूहरू ढुक्क रहेको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot