Logo

नेप्सेमा ज्योति विकास बैंकको शेयर मुल्य समायोजन



काठमाडौं, २९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ज्योति विकास बैंकको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले बैंकको अन्तिम शेयरमुल्य २४१ रुपैयाँको आधारमा १० प्रतिशत बोनसपछिको मुल्य २१९ रुपैयाँ निर्धारण गरेको हो ।

बैंकले आगामी साधारण सभा र १० प्रतिशत बोनस शेयरको लासग आजबाट माघ १४ गतेसम्म बुक क्लोज गरेको जनाएको छ । पुस २८ गतेसम्म कायम भएका शेयरधनीहरु मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । माघ २४ गते बैंकले १३ औं वार्षिक साधारण सभा राखेको छ ।



प्रतिक्रिया दिनुहोस्