Logo

स्पेनिस जाइन्ट बार्सिलोना सुपर कपको फाइनलमा प्रवेश



एजेन्सी, १ माघ : स्पेनिस जाइन्ट क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना कपको फाइनलमा प्रवेश हो ।

निर्धारित र थप समयको खेल १–१ गोलको बराबरी सकिएको थियो । पेनाल्टी सुटआउटमा बार्सिलोनाका रिक्युइ पुइगले निर्णायक गोल गरेका थिए । बार्सिलोना गोलकिपर मार्क आन्देले सोसिडाडका दुई पेनाल्टी प्रहार विफल पारे । फाइनलमा बार्सिलोनाले रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot