Logo

ओलीले प्रचण्ड र माधव नेपाललाई जेल हाल्न खोजेका हुन् ?



काठमाडौं, ७ माघ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रचण्डलाई जेल हाल्न खोजेको आरोप लगाएका छन् । आफूहरुलाई जेल हाल्नकै लागि ओलीले कमजोरी खोजेको तर भेट्टाउन नसकेको उनको भनाई थियो ।

नेपालले सम्पादकहरुसँगको भेटमा बुधबार विहान ओली जेल हाल्नेसम्मको प्रयासमा लागेको बताउनु अर्थपूर्ण छ । माधव नेपाललाई समेत विपक्षी बनाई ललिता निवास जग्गा प्रकरणसम्बन्धी मुद्दाको सुनुवाई अगाडि बढ्न लागदा पछिल्लो भनाई आएको हो । उक्त जग्गा प्रकरणमा नेपाललाई पनि मुछ्ने प्रयास भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दा उनीविरुद्ध मुद्दा दायर भएको थिएन ।

यसैगरी, प्रचण्डमाथि पनि विभिन्न मुद्दा उठाएर जेल हाल्न खोजेको विषय आएको छ । नेपालले नै यो विषयबारे बोले । लडाकुको शिविरमा भ्रष्टाचार भएको देखि जनयुद्धकालीन मुद्दा समेत उठाउन खोजिएको छ । यी मुद्दा उठाएर प्रचण्डलाई जेल हाल्न सम्मको प्रयास हुने सम्भावनाहरु बेला बेलामा उल्लेख गर्ने गरिएको छ ।

ओलीले प्रचण्डलाई यी दुई विषयमा डर देखाउने गरेको सन्देशहरु उनका निकटस्थहरुले दिने गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले विगतमा सामाजिक सञ्जालमा यी विषयहरु उठाइसकेका छन् । उनले माधव नेपालविरुद्ध पनि आक्रामक अभिव्यक्तिहरु दिदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot