Logo

केपी ओलीलाई किन कारबाही गरियो ? लिलामणि पोखरेल यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता लिलामणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधानअनुसार आफ्नो काम, कर्तव्य नगरेकोले पार्टी सदस्यसमेत नरहनेगरि कारबाही गरिएको स्पष्ट पारेका छन् । हिजो नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । विधानमा पार्टीको एक नम्बर र दुई नम्बर भनेर अध्यक्ष नभनिएको पनि उनले सुनाए । दुवै अध्यक्षको हैसियत समान रहने पनि विधानमा लेखिएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot