Logo

सिटिजन्स बैकको छैटौ साधारण सभाले दियो तिनाउ मिसन गाभ्ने अनुमति



काठमाडौं, १५ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको छैटौ साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्न अनुमति दिएको हो ।

सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले गरेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष सभामार्फत प्रस्ताव पारित भएको हो । तिनाउ मिसनको १०० कित्ता शेयरलाई सिटिजन्स बैंकको ९६ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गरेको गरेको बैंकले जनाएको छ ।

तिनाउको सभाले पनि सिटिजन्स बैंकमा गाभिने प्रस्ताव पारित गरेको छ । दुवै संस्थाको साधारणसभाले सो प्रस्ताव पारित गरेपछि सिटिजन्स बैंकलाई तिनाउलाई मर्जर हुने बाटो खुलेको हो । राष्ट्र बैंकले अनुमति दिएपछि यी दुवै कम्पनीको कारोबार एकिकृत रुपमा सुरु गर्ने जनाएको छ ।

प्राप्ति पश्चात बैंकका कुल १६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।



प्रतिक्रिया दिनुहोस्