Logo

३ लाख ५० हजार सहित पक्राउ



बारा, २९ माघ । स्रोत नखुलेको रकम सहित एकजना बुधबार पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–७ झबानिबाट स्रोत नखुलेको नगद ३ लाख ५० हजार रुपैयाँ सहित भारत घर भएका २३ वर्षीय बिकास यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट पथलबाघाटबाट खटिएको प्रहरीले बिआर ०५ टि ९६०४ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकल चालक बिकासलाई स्रोत नखुलेको उक्त रकम सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।-File photo

 



प्रतिक्रिया दिनुहोस्