Logo

रुसी खोप ‘स्पुतनीक भी’लाई बहराइनले दियो अनुमति



एजेन्सी, ३० माघ । रुसमा विकास भएको कोरोना भाइरसविरुद्वको खोप ‘स्पुतनीक भी’लाई बहराइनले अनुमति दिएको छ । अल–अरेबिया टेलिभिजनले बुधबार उक्त विषयको जानकारीे दिएको हो । बहराइनले खोपको आपत्तकालिन प्रयोग गर्न अनुमति दिएको जनाइएको छ ।

बहराइनले जनवरीको अन्त्यमा ब्रितिश स्वीडिस कम्पनीको खोप एस्ट्रेजेनेकालाई आपतकालिन प्रयोग गर्न अनुमति दिएको थियो । त्यसैगरी, बहराइनले चिनियाँ खोप सिनोफार्म र फाइजरलाई समेत अनुमति दिइसकेको छ । बहराइनमा रहेका सम्पूर्ण नागरिक तथा पर्यटकलाई निशुल्क खोप प्रदान गर्ने बहराइनका स्वास्थ्य मन्त्रीले जानकारी गराएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot