Logo

निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको हो, अतिले खति गर्छ : बाबुराम भट्टराई



काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिन भन्नु दम्भ भएको टिप्पणी गरेका छन् । उनले अहिलेको समस्याको निकास खोज्ने मुख्य जिम्मा पनि प्रधानमन्त्री ओलीको भएको तर्क गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन्-“प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनॅ,जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन।हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन।बिगार्न जसले पनि सक्छ;सपार्ने पो नेता!अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएकोछ!निकास खोज्ने मुख्य जिम्मा प्रमको हो!अतिले खति गर्छ!”



प्रतिक्रिया दिनुहोस्