Logo

प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लाउँदै



काठमाडौं, फागुन २३ । दोस्रो चरण अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको खोप दिन लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आज कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आइतबार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने बताएका छन् ।

यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार ल्याइँदै छ ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्