Logo

नायक प्रदीप खड्काको उमेर कति



काठमाडौं, २६ फागुन । नेपाली चलचित्र जगतमा परिचित नाम हो प्रदीप खड्का । उनी विनाशकारी भुकम्पसँगै फिल्मी संसारमा प्रवेश गरेका थिए । नायक खड्का सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ मार्फत दर्शकको मन–मनमा बस्न सफल भए ।

खड्काले सुरुवाती दिनमा चलचित्र उद्योगमा कठिनाईको अनुभव गरेपनि पछिल्लो समय भने महंगो नायकको रुपमा परिचय बनाएका छन् । अभिनयमा अब्बल नायक खड्काको आज २९ औं जन्मदिन हो ।

बुवा टेक बहादुर खड्का र आमा सारदा खड्काको कोखबाट २०४८ साल मार्च १० मा खड्काको जन्म भएको थियो । सिक्किम मनिपाल युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजबाट मार्केटिङ मास्टर्स गरेका खड्का नेपाली चलचित्र उद्योगमा बौद्विक नायकको रुपमा पनि चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot