Logo

रितिक रोशनको पुर्व पत्नी सुजैन खान डेटमा मस्त



एजेन्सी, २ चैत्र । बलिउड अभिनेता रितिक रोशन र उनकी पुर्व पत्नी सुजैन खानबीच सम्बन्ध विच्छेद भएको ६ वर्ष पुरा भएको छ । वैवाहिक सम्बन्ध टुटे पनि दुवैजनाले एक अर्काबीच राम्रो ब्राण्ड शेयर गर्दै आएका थिए । केहीले त फेरी घरजम हुने आशंका समेत गरेका थिए ।

तर, पछिल्लो समयमा सुजैन खान बिग बोस फेम एली गोनीको भाई अर्सलानसँग डेटमा मस्त रहेको वेबदुनियाले जनाएको छ । समाचार अनुसार उनीहरु ६ महिनोदेखि प्रेम सम्बन्धमा रहेका छन् । र कयौपटक धेरै मानिसले स्पटमा पनि भेटेको बताएका छन् । तर, उनीहरुले भने यो कुुराको सार्वजनिक गरेका छैनन् ।

उनीहरुको पहिलो भेट एक कमन फ्रेडको माध्यमबाट भएको थियो । विस्तारै–विस्तारै उनीहरु नजिकिएका थिए । तर, लकडाउनको समयमा सुजैनले आफ्नो घर छाडेर रितिकको घरमा शिफ्ट भएको थिइन् । उनले लकडाउन नसकिएसम्म बच्चाको लागि एक साथ घरमा बसेर केही पनि चीजमा कमी महसुस गर्न नदिएको सुजैनले बताएकी थिइन् । रितिक र सुजैनको २ बच्चा पनि छन् । उनीहरुको विवाह २००० मा विवाह भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot