Logo

नेपाल सुपर लिगको अक्सन आज



काठमाडौं ६ चैत। नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच (अक्सन) आज हुँदै छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन आज होटल सोल्टी क्राउन प्लाजामा हुने जनाएको छ । अक्सन बिहान ११ बजे सुरु हुनेछ । अक्सनबाट फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।

अक्सनमा कुल १ सय ५८ जना खेलाडीलाई समावेश गरिएको छ । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुने छ । लिगमा कुल १९ खेल हुने छन् ।एनआरएन



प्रतिक्रिया दिनुहोस्

Screenshot