Logo

घरमा बन्दुक लुकाई राख्दा…



पाल्पा, ८ चैत्र । एकनाले अवैध भरुवा बन्दुक ३ थान सहित शनिबार दिउँसो प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका–३ तल्लो सिञ्चास बस्ने ५८ वर्षीय हिरा बहादुर शारु एकनाले अवैध भरुवा बन्दुक ३ थान सहित पक्राउ परेका हुन् ।

उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको ंछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot