Logo

केपी ओली विदेशीको अगाडि सजिलै राम्रै लम्पसार पर्नसक्ने नेता हो : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बेला आएको स्पष्ट पारेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ५६औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आदिवासी, जनजाति, दलितहरुको अधिकार दमन गर्नेहरुको सक्रियता बढेको टिप्पणी गरेका छन् । अध्यक्ष दाहालले युद्धको बेलामा सबैभन्दा बढि सम्मानित नै दलितहरु रहेको स्मरण गराए । उनले माओवादी आन्दोलनले स्थापित गरेको संविधानलाई हिजोका गणतन्त्रविरोधी, सामन्तवादका दलालले मास्न खोजेको टिप्पणी गरे ।

https://www.facebook.com/prachanda.nepal/videos/274803270751962

उनले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको अगाडि सजिलै राम्रै लम्पसार पर्नसक्ने नेता भएको टिप्पणी गरे । उनले भने,‘२०औं, २५औं वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित, पोषित पनि को हो ? भनेर हेर्दा जाँदा सबैले (विचार गर्नुहोला) केपी ओली नै देखियो भन्या छन्, र अहिले केपीलाई प्रतिनिधिको रुपमा, त्यो धारको, प्रतिगामी, प्रतिक्रान्तिकारी, गणतन्त्रविरोधी, समावेशीविरोधी, सारमा लोकतान्त्रिक गणतन्त्रलाई नास गर्नसक्ने पात्रको रुपमा उनीहरुले केपीलाई लिएका छन् । कति दिन लिन्छन् मलाई थाहा छैन् ? अहिले चाहीँ लिएकै छन् । र, अर्को धारको प्रतिनिधित्व को हुन भयो त भन्दा हामी, माओवादी विद्रोह गरेको, सबैको अधिकारको लागि लडाई लड्ने, अब सबै नेपाली जनताले फैसला गर्नुपर्ने बेला आएको छ । तपाई कुन पक्षतिर उभिने भनेर सबैले जवाफ दिनुपर्नेछ ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot