Logo

खेलाडीहरूलाई स्वास्थ्योपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता



काठमाडौं, ८ चैत्र । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा द्धिपक्षीय सम्झौता भएको छ । खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरणसहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासँग सम्झौता गरेको हो ।

यस सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासँगको सहकार्यमा खेलाडीहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पु¥याई उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्ने जनाईएको छ ।

खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्योपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । साथै, अस्पतालले खेलाडीहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ । सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर र नेपाल मेडिसिडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ हाडजार्नी विशेषज्ञ डा. राज राणा, फिजियोथेरापीष्ट जयराम महर्जन, मार्केटिङ विभागका नविन बज्राचार्य सहभागी थिए ।

त्यस्तै, नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले स्वदैशमै सम्पूर्ण उपचार उपलब्ध गराउने उद्धेश्य राखेको अस्पतालले राष्ट्रका गहना मानिने खेलाडीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्