Logo

सरकारलाई दिइआएको समर्थन फिर्ता लिने समय नआएको बताउँदै देव गुरुङले भनेः समय आएपछि फिर्ता लिन्छौं



काठमाडौं, ९ चैत्र । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवप्रसाद गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिने समय नआइसकेको बताएका छन् । उनले उचित समय आएपछि सरकारलाई दिएको सर्मथन फिर्ता लिने स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुहोला भनेर सर्मथन फिर्ता नलिएको बताए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने,“सर्मथन गर्ने–नगर्ने निर्णय पार्टीले लिन्छ, लोकतान्त्रिक पद्धतिमा कहिले सर्मथन कहिले असर्मथन भइरहने कुरा हो, संसद् विघटन गर्ने निर्णय सर्वोच्चले खारेज गर्दा पनि ओली पदमा हुनुहुन्छ, अहिले पनि संसद् विघटनबारे सोचिरहनु भएको छ जुन अलोकतान्त्रिक हो ।”

देशलाई निकास दिन प्रधानमन्त्री ओलीले नै सोच्नुपर्ने उनको भनाई थियो । संवैधानिक विचारभन्दा विपरीत गएरपनि पद मै बसीरहनु नैतिकता नरहेको नेता गुरुङको तर्क थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot