Logo

सीमा नाकामा कडाई गर्नुपर्ने भन्दै सेनालाई जिम्मा दिन दिक्षितको सुझाव



काठमाडौं, १२ चैत्र । नागरिक अगुवा डा.सुन्दरमणी दिक्षीतले कोरोना भाइरसको पुनः संक्रमण हुनसक्ने विषयलाई सरकारी तहबाटै नजरअन्दाज गरिएको आरोप लगाएका छन् । उनले सीमा नाकाहरुमा कडाई गरिहाल्नुपर्ने भन्दै सेनालाई जिम्मा दिन सुझाव समेत दिए ।

नेपाली रेडियो नेटवर्क नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकार, राजनीतिक दल र आम सर्वसाधारण सबैको लापरवाहीले कोरोनाको पुनः संक्रमण भयावह बन्नसक्ने खतरा औल्याए ।

भारतसँग खुला सीमा भएका कारण कोरोनाको पुनः संक्रमण नेपालमा भित्रने खतरा बढेको उल्लेख गरे। उनले सीमामा कडाई गर्न लापरवाही गरेमा कोरोनाको खतरनाक लहरले फेरि नेपाललाई थलाथला पार्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले अहिले सरकारले र राजनीतिक दलले आन्तरिक झगडा त्यागेर कोरोना भाइरसबारे नागरिकहरुलाई फेरि सचतेना दिनुपर्ने सुझाव दिए।

उनले भने,“राजनीतिक दललाई म अनुरोध गर्दछु, पार्टीभित्रका विवाद केहि समय छोड्नुहोस्, राष्ट्रका जनतालाई कोरोनाबारे सचेतना आवश्यक भइसकेको छ त्यसतर्फ ध्यान दिनुहोस् ।”

भारतमा कोरोनाको संक्रमण नेपालमा पनि भित्रने सम्भावना धेरै बढेको बताउँदै दिक्षीतले अहिले राजनीतिभन्दा बढी कोरोना नियन्त्रण महत्वपूर्ण विषय बन्नुपर्ने दावी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot