Logo

केपी ओलीले दिएको चेक पनि बाउन्स भएको छ, अब नगदमा काम गर्छौं : लक्ष्मणलाल कर्ण (भिडिओसहित)



काठमाडौं, १२ चैत्र । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफूहरुको माग पूरा नभएसम्म सरकारमा नजाने स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु यसपटक उधारो वा चेक कारोबार नगर्ने निश्कर्षमा पुगेको पनि स्पष्ट पारे । उनले भने,‘केपी ओलीजीले दिएको चेक बाउन्स भयो, अब नगदमा मात्रै कारोबार हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot