Logo

सलमान खान प्रेमिकाको बेडरुमबाट रंगेहात यसरी समातिएका थिए



एजेन्सी, ६ बैशाख । बलिउड अभिनेता सलमान खानको जति फिल्मको चर्चा हुन्छ त्यो भन्दा बढी उनको प्रेम जीवनको चर्चा हुने गर्छ । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कैटरिना कैफ, युलिया वन्तुर जस्ता सुन्दर नारीहरुसँग सलमानको नाम जोडिएको छ ।

सलमान एश्वर्या बाहेक अन्य सबै पुर्व प्रेमिकाहरुसँग अहिले पनि सम्पर्कमा छन् । उनले आयोजना गर्ने पार्टीमा ती सबैलाई बोलाउने गर्छन् । एक टिभी सो मा सलमानले गज्जबको किस्सा सुनाएका छन् । उनले प्रेमिकालाई भेट्न घर गएको समयमा दराज भित्र लुकेको बताएका छन् ।

उनी र उनकी प्रेमिका मात्र घरमा रहेको बेला अचानक प्रेमिकाको परिवार घर फर्किएको सुनाए । सलमान आत्तिएर लुक्न ठाउँ खोजे तर ठाउँ नपाएपछि दराज भित्र लुके ।
उनले दराजभित्र नै हाच्युउ गरेपछि भाँडा बज्यो र परिवारले थाहा पाए । यसरी उनी रगेंहात समातिए पनि त्यत्तिबेला आफ्नो गल्ती नभएकोले बचेको कार्यक्रममा बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot