Logo

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार, पूर्वरानी कोमल खतरामुक्त



काठमाडौं, २० वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार देखिएको छ । नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमण भई उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आएको हो । पूर्वरानी कोमल आइसियूमा खतरामुक्त अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नर्भिक अस्पतालमा सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अस्पताल स्रोतका अनुसार मन्त्री त्रिपाठीलाई अवस्थाबारे जानकारी गराइएको थियो ।

पूर्वराजा शाह कोभिड वार्डमा सामान्य अक्सिजन सपोर्टमा राखिएका छन् । पूर्वरानी कोमल आइसियूमा राखिएकी छिन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot