Logo

पहुँचवालालाई चाँडै, सर्वसाधारणलाई गाह्रै



काठमाडौं, बैशाख २३ । निषेधाज्ञामा तीनवटा कामका लागि मात्र प्रशासनले सर्वसाधारणलाई पास वितरण गरेको छ । वैशाख १६ गते बिहीबारदेखि लागू निषेधाज्ञा बुधबार मध्यरातिदेखि वैशाख २९ गतेसम्म थप्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरिसकेको छ ।

निषेधाज्ञाको बेला उपत्यकाबाट बाहिर जान वा उपत्यकामा आउन, बिहे, व्रतबन्ध जस्ता संस्कार पार्टी प्यालेसमा गर्न र मृत्यु संस्कारका लागि मात्र पास वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारीले जानकारी दिए ।

प्रशासकीय अधिकृत अधिकारीका अनुसार दैनिकमा औसत २० देखि २५ सम्म पास वितरण गर्दै आएको छ । बिहेको साइत नभएको दिनमा उपत्यका बाहिर आफ्नो घर जान पास लिन आउनेहरुको संख्या अलि बढी रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot