Logo

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त



काठमाडौं, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । शाहको पीसीआर टेपटबाट नेगेटिभ आएको बुझिएको छ ।

नर्भिक अस्पतालमा १० वैशाखदेखि शाहको उपचार भइरहेको थियो । उनलाई अक्सिजन दिन छाडिएको केही दिन भएको थियो । चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको शाह भोलि नै डिस्चार्ज हुनसक्ने बुझिएको छ ।

यसैगरी, पूर्वरानी कोमल शाहको स्वास्थ्यमा पनि सुधार आएको छ । उनलाई आइसियूबाट निकालिएको छ । तर, अक्सिजन भने नियमित नै दिइएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वराजा शाह र पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा कोरोना भाइरसको संक्रमण भएर १० वैशाखमा नर्भिक अस्पताल भर्ना भएका थिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot