Logo

भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलको भाइरस जटिल प्रकारकोः डब्लुएचओ



काठमाडौं, बैशाख २९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ ।

डब्लुएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्लुएचओका प्राविधिक प्रमुखले अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताएका छन् । उनले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताएका छन् ।

भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्लुएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot