Logo

देउवा भेट्न दाहाल बुढानिलकण्ठमा



काठमाडौं, ३० बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । दुई नेताबीच अहिले भेटवार्ता चलिरहेको छ । यसअघि देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएका थिए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच निर्णायक वार्ता चलिरहेको बेलामा देउवा र दाहालबीच पनि भेटवार्ता भएको हो । दाहालसँगको भेटवार्तापछि आज चार बजे कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् । सोहीअनुसार सरकार गठनको लागि कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षधर निरन्तर छलफलमा छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्