Logo

सिंहदरबारमा ओली-नेपाल पक्षबीच वार्ता जारी, ओलीको पक्षबाट बादलपनि सहभागी



काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दुवै पक्षका नेताहरु सम्मिलित बैठक जारी छ ।

हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । उनीहरुबीच पार्टीलाई ०७५ जेठ २ गते नै फर्काउनेबारे सहमति भएको थियो । र, फागुन २८ गते यताका सबै निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको माग छ । तर, यसमा ओली त्यति लचिलो नबनेको नेताहरुको दाबी छ ।

ओली र नेपालबीच कार्यदल बनाएर बाँकी विवाद हल गर्ने तयारी छ । आजको वार्तामा भने प्रधानमन्त्रीको पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । उता, नेता नेपालको पक्षबाट नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्