Logo

आजसम्मपनि प्रचण्डलाई लगातार फोन गरिरहेको छु, अघि पनि गरेको थिएँ : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको र आजसम्मपनि नेताहरुलाई फोन गरेको स्पष्ट पारेका छन् । उनले आजपनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेको सुनाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले आफूले प्रचण्ड र माधव नेपाललाई फोन गर्ने गरेको सुनाए । तर, प्रचण्डबाट फोन नआएको उनको भनाई छ । उनले अदालतको फैसलाले नेकपा विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएपछि पनि पार्टी एकताको लागि पहल आफूले लिएको सुनाए । तर, प्रचण्ड र नेपालले एकताकोलागि कुनै पहल नगरेको उनको गुनासो छ ।

https://www.facebook.com/neptv2041/videos/821954101783025



प्रतिक्रिया दिनुहोस्

Screenshot