Logo

यौन दुर्व्यवहार गरेको अभियोगमा गुम्बा सञ्चालक पक्राउ



कैलाली, १४ जेठ । बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक पक्राउ परेका छन् । बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot