Logo

आज इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दै नेपाल



काठमाडौं, जेठ १५। नेपालले आज इराकविरुद्ध मैत्रिपूर्ण फुटबल खेल्दैछ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

अन्तराष्ट्रिय फुटबल महासंघ फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको इराक विरुद्ध मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली बुधबार नै बसरा पुगिसकेको छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot