Logo

राजेन्द्र महतो गृहमन्त्री बन्न लागेका हुन् ? मनिष सुमनसँग ऋषि धमलाको कुराकानी (भिडिओसहित)



काठमाडौं, १९ जेठ । जसपाका नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले पार्टीभित्र अहिले दुई धार देखिएको बताएका छन् । उनले आफूहरुको लागि मुद्दा नै प्रधान भएको जनाए । हिजो विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गरेकै कारण जसपालाई सरकारमा सहभागी हुन सिधा आग्रह गरेको पनि सुनाए । तर, आफूहरु मुद्दा सम्बोधन गराउन लागिपरकेको उनको भनाई छ । उनले अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरिएको सुनाउँदै आफूहरुलाई भने मुद्दा सम्बोधन गराउनु नै ठूलो कुरा रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot