Logo

बिक्की भन्दा पहिला क्याट्रिनाको जीवनमा थिए सलमान र रणवीर



एजेन्सी, २८ जेठ । पछिल्लो केही दिनदेखि क्याट्रिना कैफ र बिक्की कौशलको प्रेम सम्बन्धको समाचार निरन्तर बाहिर आइरहेको छन् । हर्षवर्धन कपूरले उनीहरू सँगै भएको विषयमा बोलेसँगै केही मानिसहरु निश्चित भएका छन् । कयौपटक विक्कीको कार क्याट्रिनाको घरको अगाडि पार्क गरेको धेरेले देखेको बताउछन् । त्यसैको आधारमा अफवाहहरू चल्न थालेका हुन् । क्याट्रिना बलिउडको चर्चित स्टार हुन् भने विक्की बलिउडमा आफ्नो स्थान बनाउने क्रममा छन् ।

क्याट्रिनाको जीवनमा बिक्की भन्दा पहिला सलमान खान र रणबीर कपूर जस्ता सुपरस्टारहरु थिए् । सलमान ती व्यक्तिहरू मध्ये एक थिए जसले क्याट्रिनाको क्यारियर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। क्याट्रिना र सलमानले सँगै धेरै फिल्महरूमा पनि काम गरे । क्याट्रिना विवाह गरेर सलमानसँगको सम्बन्धलाई अर्को तहमा पु¥याउन चाहन्थिन्, तर सलमान यस कुरामा सहमत नभएको जानकारहरु बताउछन् ।

क्याट्रिनाको कुरा सलमानले नसुनेपछि, उनले दुः खी महसुस गर्न थालिन्। उनी रणवीरसँग फिल्म ’अजब प्रेम की गजब कहानी’ काम गरिन् । फिल्ममा सँगै काम गर्ने क्रममा रणबीरसँग माया बस्यो । उक्त समयमा रणवीरले क्याट्रीनाको नाकमा चोट पुर्याएका थिए यद्यपि सलमानले क्याट्रीनाको खुशीको लागि केही भनेनन् ।

तर सबैले क्याट्रिना र रणबीरको बिहे हुनेमा विश्वस्त थिए, दर्भाग्य उनीहरुको विवाह हुन सकेन् । क्याट्ररीनाले विवाह गर्न चाहेको तर रणबीर तयार नभएको समाचार माध्यमहरुले जनाएका छन् । पछि फेरी यी दुईबीच पनि सम्बन्ध बिच्छेद जस्तै भयो । क्याट्रिनाको मन दोस्रो पटक पनि नराम्ररी टुक्रिएको थियो। उनले मायासँगै आफ्नो धेरै राम्रो क्यारियर पनि त्यागेकी थिइन् । उक्त क्रममा उनले धेरै फिल्मबाट पनि हात झिक्न पर्यो ।

यस अवस्थामा क्याट्रिनाको दुखेको घाउँमा सलमानले फेरी मलम लगाइदिए । उनी क्याट्रिनाको जीवनमा दास्रोपटक आएर केहि फिल्महरूमा हस्ताक्षर गराए । क्याट्रिनाको क्यारियरलाई फेरि ट्र्याकमा ल्याइदिए । उनीहरु हाल मित्रताको बलियो सम्बन्धमा छन् । यसैबीच, विक्कीसँग क्याट्रिनाको घनिष्ठता बढ्दै गएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot