Logo

मदन भण्डारीसँग अन्तिमपटक हात मिलाउने नै म हुँ, नेपालका कम्युनिष्टहरु लुटेरा हुन् : प्रा.डा. उप्रेती (भिडिओसहित)



काठमाडौं, ३१ जेठ । प्रा.डा. रामप्रसाद उप्रेतीले मदन भण्डारीसँग आफूले अन्तिमपटक हात मिलाएको दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उप्रेतीले पोष्टमार्टम गर्नुभन्दा अघि आफूले भण्डारीसँग हात मिलाएको बताए ।

उनले भण्डारीको एउटा हात माथि उठेको अवस्थामा रहेको र आफूले नै हात अघि बढाएर मिलाएको स्मरण गराएका छन् । उनले भने-“उहाँलाई मारे, पोष्टमार्टम कमिटीको नाताले मैले भनेको, उहाँलाई मारे, ईभिडेन्स सबै छन् । खोज्दैनन्, यो कुरा पक्का भयो । खोलामा हाले, त्यहाँ के के गरे ? मारे वरे, त्यसपछि उहाँलाई त्यो पुलभन्दा १३, १४ किलोमिटर उतातिर लगेर फाले, मारिसकेपछि । तीन चार दिनपछि उहाँको शव भेटियो । वीर अस्पतालको रिसेप्सन टेबुलमा उहाँको शब छ, बडी छ । मृत्त शरिर छ, मेरो प्यारो मान्छेको । जसको लागि म मर्नपनि तयार थिएँ । एउटा हात यस्तो गरेर उठेको छ, अर्को हात यसरी छ । (देखाउँदै), त्यो बेलामा मदन भण्डारीले हात बढाउनुभएन क्या मसँग, त्यो बेलामा चाहीँ मैले हात बढाएँ क्या उहाँसँग मिलाउन । र, उहाँसँग हात मिलाएँ क्या मैले, उहाँलाई चिनुभन्दा पहिले । त्यसरी हात मिलाउन विश्वमा यदि कोही छ भने मदन भण्डारीसँग, त्यो डा. रामप्रसाद उप्रेती हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot