Logo

८ सयले घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ६ असार । साताको कोरोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा खरिद बिक्रि भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्