Logo

रामचन्द्र फकाउँदै शेखर



काठमाडौं, असार १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।

सोमबार कांग्रेस नेता डा शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटारस्थित पौडेल निवास पुगेका छन् । पार्टी नेतृत्वका लागि आकांक्षा देखाउँदै आइरहेका कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन पौडेललाई आग्रह गरेका हुन् ।

तर, नेता पौडेलले भने आफूलाई पनि एकपटक पार्टी सभापति बन्ने चाहना रहेको भन्दै यसपटक आफूलाई सघाएर अर्कोपटकका लागि मैदानमा उत्रने गरी वातावरण बनाउन आग्रह गरे ।

‘शेखर डाक्टर साबले सभापतिमा सघाउनुस् भनेर भन्नु भयो, वरिष्ठ नेताले पनि मलाई एकपटक सघाउनुस् भनेर आग्रह गर्नुभयो, धेरै कुरा क्रियाशील सदस्यतामा केन्द्रित भयो,’ बोहोराटार स्रोतले भन्यो ।

नेता पौडेल र कोइरालाबीचको अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने नाममा मनपरी भएको भन्दै निगरानी बढाइनुपर्ने विषयमा पनि छलफल भएको थियो ।

यसअघि गत शुक्रबार पौडेल समूहले वसुन्धारास्थित दियालो फुडल्यान्डमा गरेको आफू निकट नेताको छलफलमा समेत क्रियाशील सदस्यताको विषयमा गम्भीर हुनुपर्ने विषय उठेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot