Logo

कांग्रेस महाधिवेशनः झन् मजबुत बन्दै ‘गुट’



काठमाडौं, असार १६ । कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन्। यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा। वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागबण्डा गरेरै पठाइका नामावलीलाई सदर ग¥यो।

कांग्रेसी पुराना नेताका अनुसार सक्रिया सदस्यताको यो वितरण प्रणाली नयाँ र नौलो भने होइन। कांग्रेसका एक पुराना जिल्ला नेता भन्छन्, ‘यो नयाँ र नौलो विषय हैन, यो त कांग्रेसभित्रको पुरानोे रोग हो।’ उनले भने जस्तै जिल्लाका हरेक वडाबाट अहिले वितरण भएको सदस्यता निष्पक्ष छैन। कांग्रेस नेताहरूका अनुसार जिल्लाका एक सयवटै वडाबाट सक्रिय सदस्य भागबण्डाकै आधारमा टुंग्याइएका छन्। यसको एउटै उद्देश्य हो ‘क्षेत्रीय तथा जिल्लामा जित्ने लक्ष्य।’

पार्टीको तल्लो तह ९वडा एकाइ समिति० को निर्वाचनमा उनै ‘टिम’ मा परेर सदस्य बनेका कांग्रेस कार्यकर्ताले मतदान गर्दैछन्। कांग्रेसले तोकेको आफ्नो महाधिवेशनको कार्यतालिका अनुसार १२ साउनमा वडा एकाइ समितिको निर्वाचन हुँदैछ।

जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता ९क्षेत्रीय प्रतिनिधि० चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन्। उनीहरू ‘कोटा’ मार्फत चुनिएका सक्रिय सदस्यहरूलाई आफ्नो गुटको ‘आधिकारिकता’ दिन प्रयत्नशील छन्।

यससँगै फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीभित्र चलेको छ। ‘आसन्न जिल्ला अधिवेशनलाई लक्षित गरेर वडा तहमा आ–आफ्नो टिम निर्माण गर्ने क्रम व्यापक रूपमा चलिरहेका छन्,’ तुलसीपुरका एक कार्यकर्ताले भने, ‘कसरी आफ्नो टिमलाई जिल्ला अधिवेशनमा बलियो बनाउने भन्ने सोँचमा नेताहरू लागिपरेका छन्।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्