Logo

सेक्स भिटामिन अर्थात् आँप



सिजन आँपकै हो । आँप भन्नासाथ सबैको मुख रसाइहाल्छ । यसको तिख्खर स्वादमा नलट्ठिने सायदै होलान् । त्यसैले त स्वाद र स्वास्थ्यका दृष्टिले आँपलाई ‘फलको राजा’ भनिँदै आएको छ । यसको मनमोहक स्वाद शरीरका लागि पनि उत्तिकै लाभदायी छ ।

आँपमा भिटामिन ए, बी, सी, डी, ईका साथै पोटासियम, कपर, म्याग्नेसियम, क्याल्सियम, जिंक सेलेनियम, फस्फोरस, फाइबर, ओमेगा थ्री फ्याटी एसिड जस्ता पोषक तत्व पाइन्छन् । यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाइदिन्छ र रोगविरुद्ध लड्ने तागत बढाइदिन्छ । क्यान्सर, मधुमेह, अपचजस्ता स्वास्थ्य समस्याबाट बचाउन मदत मिल्छ । यसले छालामा निखार ल्याउनुका साथै आँखाको ज्योति बढाइदिन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के भने दिनहुँ आँप खाँदा तपाईंको यौन जीवन पनि राम्रो हुन्छ । किनभने आँपमा औषधीय र कामोत्तेजक गुण हुन्छ । यो सबैखाले भिटामिनको महत्त्वपूर्ण प्याकेज हो । त्यसैले कसैकसैले यसलाई ‘सेक्स भिटामिन’ पनि भन्ने गरेका छन् ।

खासमा यसमा भिटामिन ‘ई’ हुन्छ । यसले सेक्स हर्मोनको सन्तुलन मिलाउनुका साथै महिला तथा पुरुष दुवैको सेक्स ड्राइभ बढाउने काम गर्छ । पुरुषमा भिटामिन ‘ई’ले स्पर्म काउन्ट बढाउने काम गर्छ । यसमा रहेको शक्तिशाली एन्टिअक्सिडेन्ट गुणले बुढ्यौलीको वृद्धि सुस्त पारिदिन्छ । त्यसैले त आँप खाँदा युवा र जीवन्त महसुस हुन्छ । यसले स्वाभाविक रुपमा पुरुष र महिलालाई अति कन्फिडेन्ट र सेक्सी महसुस गराउँछ । आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुनःनिर्माण गर्न मद्दत गर्छ ।

पूर्वी एसियाका कतिपय देशका पुरुषमा नपुंसकता लगायत अन्य यौन समस्या हुन्छन् । त्यसैले आँपको फल लाग्नुभन्दा पहिलेको पहेंलो रंगको सानो फूलले यौन शक्ति बढाउने काम गर्छ भन्ने लोकविश्वास छ । तर शोधकर्ताहरू के भन्छन् भने आँपको फूलमा होइन कि फलमै यौन जीवन आनन्ददायी बनाउन महत्त्वपूर्ण भूमिका हुन्छ । आँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, त्यसले यौन इच्छा जगाउने भएकाले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

अध्ययन अनुसार एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लो पदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेसा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी ऊर्जा तथा ४५०० आइयु भिटामिन-ए पाइन्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot