Logo

ओली-नेपालबीच फोनवार्ता, सहमतिपत्रमा हस्ताक्षर गरेर युरोकप हेर्न जाने नेम्वाङको भनाई



काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकले आज सहमति गर्ने जनाईएको छ । कार्यदलका सदस्य सुवास नेम्वाङले आज सहमति गरेर मात्रै निस्किने दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता नेम्वाङले सबै कुरा लगभग टुँगोमा पुगेको दाबी गरे । र, आज सहमतिपत्रमा कार्यदलका सदस्यहरुले हस्ताक्षर गरेरमात्रै सिंहदरबारबाट बाहिरिने जानकारी दिए ।

उनले भने-“हामी सहमतिमा पुगिसकेका छौं । अब हस्ताक्षर गरेर निस्किन्छौं । यहाँबाट सहमति गरेर हामी युरोकप फाईनल हेर्न जान्छौं ।” उनले अहिले भर्खरै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पनि फोनवार्ता भएको पनि जानकारी दिए । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot