Logo

देउवाजीको सरकार यति शक्तिशाली सरकार भयो, यसलाई कसैले ढाल्न सक्दैन् : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरबहादुर देउवा नेतृत्वको सरकार ठूलो शक्तिशाली सरकार भएको र यसलाई कसैले ढाल्न नसक्ने दाबी गरेका छन् । आज राति ८ बजे प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

यद्धपी वर्तमान सरकारका सामू चूनौति भनेको राम्रो काम गर्ने भएको पनि उल्लेख गरे । उनले भने-“यो सरकारसामू चूनौति भनेको राम्रो काम गर्ने हो, त्यो पनि हरेक क्षेत्रमा । त्यसको निम्ति मन्त्रालयमा जिम्मा लिने मन्त्रीहरुको चरित्र, उनीहरुको स्पिरिट र उनीहरुको क्षमतापनि ठूलो हुन्छ । त्यसैले यो पटक सक्षम साथीहरुलाई, यसो मुख हेर्नेभन्दापनि सरकारबाट डेलिभरी गर्नसक्ने, राम्रो सर्भिस दिन सक्ने, जनतालाई विश्वासमा लिनसक्ने नेताहरुको टिम चाहीँ त्यहाँ हुनुपर्छ भन्ने म ठान्दछु । नेपाली कांग्रेसले पनि त्यसरी नै सोचोस, हामी पनि त्यही अनुसार सोच्छौं । हिजो हामी ५ पार्टीको एकछिन छलफल गर्दा यस्तै निर्णय गरेका छौं । हामीले राम्रो काम गर्नैपर्छ भनेका छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot