Logo

एनआरएनए जापानको अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ निर्वाचित



काठमाडौं, १६ साउन । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०२१-०२३ को लागि नयाँ नेतृत्व निर्वाचित गर्दै मतदान सम्पन्न भएको छ । जुलाई ३० तारिख भएको मतदानबाट अध्यक्षमा शिवप्रसाद पौडेल र महासचिवमा सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । जुलाई २७ तारिख तोकिएको मतदानको जुलाई ३० मा सारिएको थियो । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पारी निर्वाचित भएका हुन ।

निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन । त्यसैगरी निकटतम प्रतिस्पर्धी अनिता गुरुंगले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी छन । त्यसैगरी बरिस्ठ उपाध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन । यसपटक कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दावी गरेका थिए ।

नयाँ निर्वाचित टिम:

अध्यक्ष: शिव प्रसाद पौडेल
वरिष्ठ उपाध्यक्ष: नविन निउरे
उपाध्यक्ष: महेश कुमार कटुवाल
राम थापा (अनिल)
राज कुमार अधिकारी
राम कृष्ण श्रेष्ठ
महिला उपाध्यक्ष : संगिता अधिकारी सुवेदी
महासचिव : सिध्दार्थ श्रेष्ठ
सचिव : श्याम कुमार श्रेष्ठ (श्याम शीतल) (सर्वसम्मत)
देवराज उप्रेती ( सर्वसम्मत)
महिला सचिव : एलिजा के सी भण्डारी (सर्वसम्मत)
कोषाध्यक्ष: कृष्ण गैरे शर्मा
सह कोषाध्यक्ष: दिपक सुनार (सर्वसम्मत)
महिला संयोजक: अन्जु भण्डारी (सर्वसम्मत)
युवा संयोजक: राकेश लामा
सदस्यहरु: चन्द्र कुमारी के सी
प्रकाश लामिछाने
राजु भण्डारी (सुनिल)
लक्ष्मी के सी महर्जन
मोहन सिंह मडै
दिलीप कडेंल
भीमसेन राय (भीम रायमाझी)
महिला सदस्य: हेमा पाण्डे

अन्तर्राष्ट्रीय समन्वय परिषद निर्वाचित सदस्यहरु:
सुपेन्द्र घिसिन्ग
दिपक कार्की
लक्ष्मण बानिया
नर बहादुर थापा
रोविन प्रसाद शेरचन
श्रवण कुमार सत्याल



प्रतिक्रिया दिनुहोस्

Screenshot