Logo

पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय



काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार विहान समाजिक सञ्जाल फेसबुकबाट आफ्नो निर्णय सार्वजनिक गर्दै खड्काले संन्यास लिने घोषणा गरेका हुन् ।

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरकोेकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु ।’ उनले समाजिक सञ्जालमा अगाडी उल्लेख गरेका छन् ‘नेपालको लागि खेल्नु मेरो जीजनको सर्वश्रेष्ठ उपलब्धि हो । २००२ मा १५ बर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, मेरो परिवार र साथीहरु प्रति म सदैव ऋणी रहनेछु ।

क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो मूमिका निर्वाह गरे । मेरो जीजनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सराकारवालाहरुको संयुक्त प्रयासको आश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाईमा पु¥याउनेछौ ।’

खड्काले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुङ्गीएको जनाउँदै नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै बामे सर्दे जाने बताएका छन् । मैदान भित्रका दुई दशक आफ्ना लागि जीवन रहुन्जेल मिठो यादका रुपमा रहने जनाउँदै उनले सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

१५ वर्षको उमेर देखि क्रिकेट यात्राको शुरुवात गरेका पारसले सन् २००४ मा मलेसितासँग खेल्दै राष्ट्रिय टोलीको लागि डेब्यु गरेका थिए । उनले सन् २००८ देखि २०१९ सम्म राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी समालेका थिए । नेपाली क्रिकेटकै सर्वाधिक सफल खेलाडी पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो भने २०१८ मा एकदिवसीय अन्तराष्ट्रियको पनि मान्यता पाएको थियो ।

पारसकै कप्तानीमा नेपालले २०१० मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन ५, २०१२ मा डिभिजन ४, २०१३ मा डिभिजन ३, २०१४ मा डिभिजन ३ र २०१२ मा युएईमा आयोजना भएको एसिसी इलिट ट्रफीपनि जितेको थियो । ३३ वर्षिय पारसले सन् २०१९ जनवरी २८ मा युएईविरुद्ध नेपालको लागि एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका थिए । यस्तै पारसले २०१९ मा सिंगापुरविरुद्ध टी-२० मा शतक प्रहार गर्दै टी-२० अन्तराष्ट्रियमा नेपालको लागि शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

पारसले १० एकदिवसीय खेल खेल्दै १ शतक र १ अर्धशतक सहित ३ सय १५ रन बनाउँदै ९ विकेट लिएका छन् । यस्तै ५६ टी-२० खेल खेलेका पारसले १ शतक र ८ अर्धशतकको सहयोगमा १ हजार ५५ रन बनाउँदा लिस्ट ए मा ४४ खेल खेल्दै ३ शतक र ९ अर्धशतकसहित १ हजार ४ सय ९७ रन बनाएका छन् । उनले टि-२० २८ र लिस्ट ए मा २६ विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot