Logo

डाँकाको गोली लागेर पनि खेलमा फर्किएका क्रुजलाई ओलम्पिक बक्सिङको स्वर्ण



एजेन्सी, २२ साउन । क्युबाका बक्सर जुलियो ला क्रुजलाई केही वर्ष अघि डाँका समूहले गोली प्रहार गरेका थिए । डकैतीमा परेका उनी गोली प्रहारबाट बाँच्न सफल भएर खेलमा फर्किएका थिए ।

३१ वर्षीय क्रुजले ओलम्पिक बक्सिङमा दोस्रो स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकको पुरुष हेभिवेटतर्फको स्पर्धामा उनले रुसका मुस्लिम गाजिमागोमेडोभलाई पराजित गरी स्वर्ण जितेका हुन् ।

डाँका समूहले सन् २०१४ मा उनको बायाँतर्फको नितम्बमा गोली प्रहार गरेका थिए । हवानाबाट ५३० किलोमिटर टाढा कामागुएस्थित गृहक्षेत्रमा उनीमाथि गोली प्रहार भएको थियो । तर, खेलमा फर्कदै सन् २०१६ को ओलम्पिक स्वर्ण पनि जित्न सफल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot