Logo

यो समयमा अफगानिस्तानलाई एक्लै नछाड्न रासीद खानको अपील



एजेन्सी, ३० साउन: अफगानी क्रीकेटर रासीद खानले द्वन्द्वको समयमा अफगानिस्तानलाई एक्लै नछोड्न विश्वभरका नेताहरुलाई अपिल गरेका छन् । उनले ट्वीटरमार्फत यस्तो अपिल गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले आफ्नो देशमा दिनप्रतिदिन अवोध बालक तथा महिलासहित हजारौं मानिसहरु शहीद बनिरहेको भन्दै दुःख व्यक्त गरेका छन् । उनी लेख्छन्, “मेरो देशमा हजारौ मानीसहरु घरबार विहीन हुनुका साथै सबथोक गुमाएका छन् प्रीय विश्व नेताहरु अफगानीलाई मार्न र अफगानिस्तान सकिनबाट रोक हामी शान्ती चाँहान्छौ” । खान निकै प्रतिभाशाली विश्व चर्चित अलराउण्डर हुन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot